club4दिपक बोहरा तुलसीपुर , २३ कात्तिक ।  उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले नेपालमा दोस्रो ठुलो भुकम्प गएको बताएका छन् । रिपोर्टर्स क्लब दाङले तुलसीपुरमा आयोजना गरेको साक्षात्कारमा उनले यस्तो बताएका हुन् ।

उनले भने ‘ एउटा भुकम्प बैशाख १२ को भुकम्पले देशलाई हल्लाएको थियो , त्यस्को पिडा सेलाउन नपाउदै अर्को अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तको प्रकरणले देश हल्लायो । ’  लोकमान सिंह कार्किले भ्रष्टाचारी भएकाले उनका बिरुद्ध आफुहरुले महाअभियोगको प्रस्ताव दर्ता गराएको उनले बताए ।