काठमाडौं, २३ कार्तिक । अमेरिकामा राष्ट्रपतिको चुनाव आज मंगलवार हुँदैछ । नेपाली समयानुसार मध्यराति निर्वाचन शुरू हुँदैछ । चुनावमा सर्वेक्षणमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टन र रिपब्लिकनका डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्दा हुँदैछ । चुनावभन्दा अघिको सर्वेक्षणमा हिलारी आफ्ना प्रतिद्वन्द्वी डोनाल्ड भन्दा केही अघि देखिएकी छन् ।

08112016073236clinton-trump-600x0सोमवार मात्रै सार्वजनिक एक सर्भेक्षण अनसार हिलारी क्लिन्टनलाई ट्रम्प भन्दा लगभग ५ अंकको अग्रता मिलेको थियो । सर्वेक्षण अनुसार हिलारी क्लिन्टनलाई ४४ प्रतिशत र डोनाल्ड ट्रम्पलाई ४० प्रतिशत मतदाताको समर्थन देखिएको छ। यस चुनावमा धेरै अमेरिकी मतदाता दुबै उम्मेदवारसँग रिसाएका देखिएको छ। तर, अब यीनै दुईमध्ये एकजनालाई राष्ट्रपति चुन्ने बाहेक अर्को विकल्प छैन ।

अधिकतम मानिस डोनाल्ड ट्रम्पको प्रवृत्ति र उनको भाषणबाट रिसाएका छन् । अर्कातिर हिलारी क्लिन्टनलाई पनि धेरै अमेरिकी मतदाताले विश्वासका लागि योग्य ठानेका छैनन् । अन्तिमका केही दिनमा दुबै उम्मेदवारले चुनावका लागि महत्वपूर्ण मानिएका प्रान्तमा एकपछि अर्को चुनावी सभा गरेका छन् । यिनमा पेनिसिलभेनिया, फ्लोरिडा, ओहायो, मिशिगन र न्युह्याम्पसायर पनि रहेका छन् ।

अमेरिकामा रहेका अल्पसंख्यक समुदायहरु अफ्रिकी अमेरिकी र ल्याटिन अमेरिकी भन्दा धेरै रहेका छन् । अमेरिकामा ल्याटिन मूलका अमेरिकी मतदाताको संख्या तीब्रगतिमा बढिरहेको छ। प्यु रिसर्च सेन्टरको आँकडामा सन् २०१६ को चुनावमा ४० लाख ल्याटिनी मतदाताको संख्या बढेको देखाइएको छ।

सन् २०१२ मा कुल मतदातामा २३.३ प्रतिशत ल्याटिनी मतदाता थिए । उनीहरुको संख्या यस पटक बढेर २७.३ प्रतिशत पुगेको छ। दुबै उम्मेदवारले अहिलेसम्म कुनैको पक्षमा नउभिएका मतदातालाई आफ्नो पक्षमा पार्ने हरसम्भव कोशिस अन्तिममा गरेका छन् ।