काठमाडौं, २३ कार्तिक । पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालय कब्जा गरेका बहिर्गमित पूर्व लडाकुलाई प्रहरीले पक्राउ गरेको गरेको छ । आफ्ना बालबच्चासहित सोमबार दिउँसोदेखि कार्यालय कब्जा गरेर बसेका उनीहरुलाई प्रहरीले आज बिहान मात्रै पक्राउ परेका हुन् ।

maaउनीहरुलाई प्रहरीले आफ्नो गाडीमा राखेको छ । तर कहाँ लगेर राख्छ टुंगो छैन । बहिर्गमित लडाकुले आफूहरुलाई गणतन्त्र योद्धा घोषणा गर्नुपर्ने, स्वेच्छिक अवकाश रोजेका पूर्व लडाकु, त्यही सरह आर्थिक प्याकेज वा दीर्घकालीन व्यवस्थापन हुनुपर्ने, झुटा मुद्दा लगाएर जेलमा राखेका बहिर्गमित लडाकुलाई बिना शर्त रिहा गर्नुपर्ने, घाइते अपांगलाई निशुल्क उपचार तथा आजीवन भत्ताको व्यवस्था गर्नुपर्ने लगायत माग राखेका छन् ।

आफ्ना मागबारे सुनुवाई गर्न पार्टी नेतृत्वले कुनै पहल नगरेका कारण कार्यालय कब्जा गर्नु परेको बर्हिगमित सेना नेपालका अध्यक्ष लेनिन विष्टले बताए ।