काठमाडौं, २३ कार्तिक । नेपाल वायुसेवा निगमले विस्थापन गर्न लागेको बोइङ–७५७ एसीए सिरिजको जहाज ६ महिनापछि बल्ल नेपाल ल्याइएको छ ।अन्तरराष्ट्रिय उडान गरिरहेको जहाज मर्मत गर्नै नसक्ने गरी बिग्रिएपछि निगम सञ्चालक समितिले गत जेठमै विस्थापन गर्ने निर्णय गरेको थियो ।

a1374e56ee8c060821313a750d6d1597जहाजको इन्जिन मर्मतका लागि सिंगापुर लगिएको थियो । जहाजको इन्जिन पूर्ण रूपमा फेर्नुपर्ने गरी समस्या देखिएपछि विस्थापन गर्ने निर्णय गरिएको हो । नयाँ इन्जिन फेर्नको लागि १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लाग्ने देखिएपछि निगमले विस्थापन गर्ने निर्णय गरेको थियो ।