कार्तिक २३ दाङ । दाङ जिल्लामा डि टेन कला केन्द्र र प्रेरणाका लागि अभियान नेपालले भैलो बाट संकलन भएको रकम मानसिक बिरामी पुनःस्थापना गृह निर्माणार्थ सहयोग गरेको छ ।
जनस्तरबाट मानसिक बिरामि र मनस्थिति बिग्रियर सडकमा रहेका व्यक्तिहरुको पुनःस्थापनाका लागि पुनःस्थापना गृह निर्माणका लागि सहयोगार्थ भैलो खेलिएको डि टेन कलाकेन्द्रका डाईरेक्टर बिष्णुकुमार देवकोटाले जानकारी दिनुभयो ।
नेपालमा सरकारले उपेक्षागरेको समुदायको लागि कार्य थालनि गरिएको प्रेरणाका लागि अभियान नेपालका अध्यक्ष श्रीधर लम्सालले जानकारी दिनुभयो ।