दिपक बोहरा , तुलसीपुर २२ कात्तिक । दाङको लमहीका अधिकासं घर वरपर लामखुट्टेको लार्भा भेटिएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय दाङले साबिकको चैलाही हाल लमहीका एक देखी नौ वडामा गरेको अनुगमणका क्रममा यस्तो भेटिएको जनस्वास्थ्य अधिकृत जनार्दन गौतमले जानकारी दिए ।
लमहीका दुई र तुलसीपुरका दुई ब्यक्तिमा लामखुट्टेको टोकाईबाट लाग्ने डेंगु रोगको संक्रमण देखिएपछि अनुगमण थालिएको छ । त्यहाँका चार सय घरमा अनुगमण गर्दा करिब तीन सय घर वरपर लामखुट्टेका लार्भा भेटिएको अधिकृत गौतमले राप्ती समाचारलाई जानकारी दिए । उनले भने ‘ यो अबस्था खतरा अबस्था हो , हामीले समयमै अभियान संचालन गरेर थप संक्रमित हुन बाट जोगायौ । ’
त्यसक्षेत्रको बजारमा फालिएका टायर , बर्षाको समयमा जमेको पानी , घरवरपर फ्याकिएका प्लाष्टिकका बोतललगायतमा लामो सयम देखी जमेको पानीमा त्यस्ता लार्भा बढि मात्रामा भेटिएको उनको भनाई छ ।
लामखुट्टेका लार्भा खोज्ने र नष्ट गर्न त्यस क्षत्रमा कार्यरत स्वायंसेबीकालाई खटाईएको अधिकृत गौतमले बताए । साथै स्वायंसेवीकालाई डेंगु रोगका बारेमा निरन्तर सचेतना फैलाउन पनि जनस्वास्थ्यले आग्रह गरेको छ । त्यस क्षेत्रमा कार्यरत २७ जना स्वायंसेबिकालाई परिचालन गरिएको छ । एक स्वायंसेवीकाले ४० घरको अनुगमण गर्ने गरेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय दाङले दाङमा पनि डेंगु रोगको संक्रमण भित्रिएसंगै ‘ सर्च एण्ड डिस्ट्रवाईड ’ अभियान संचालन गरेको छ । जस अन्तरगत गएको शनिबार र आईतबार लमहीका दुई वडामा भेटिएका लार्भालाई नष्ट गरेको हो । अहिले तुलसीपुर र लमही क्षेत्रका चार जनामा डेंगुको सक्रमण देखिएको छ । त्यस मध्य लमहीका एक जनाको उपचार पछि घर फर्किएका छन् अर्का एक जना र तुलसीपुरका दुई जनाको उपचार भईरहेको छ ।
यो संख्यालाई बढ्न नदिन सचेतिकरणको लागि उक्त अभियान संचालन गरिएको फोकल पर्सन कमल चन्दले जानकारी दिए । जनस्वास्थ्यबाट गएको अभियान टोलीले संक्रमति क्षेत्रमा अनुगमण गर्ने र त्यस क्षेत्रमा लामखुट्टले लगाएका लार्भा खोजेर नष्ट गर्ने गरेको छ ।
यस्तै तुलसीपुरमा पनि आउदो बुधबार र बिहिबार ‘ सर्च एण्ड डिस्ट्रवाईड ’ अभियान संचालन गरिने फोकल पर्सन चन्दले बताए । चन्दका अनुसार तुलसीपुरका ४ , ५ , ६ , ८ र ९ वडामा अनुममण गरिने छ । अभियान टोली तुलसीपुरका संक्रमित ब्यक्तिहरुको घरहरुमा पनि पुग्ने बताईएको छ । अभियानका लागि जिल्ला जनस्वास्थ्य कार्यालय दाङले एक लाख रुपैयाँ बजेट छुट्याएको छ ।।