माधव वेल्बासे
कपिलवस्तु २२ कार्तिक ।  कपिलवस्तुको चन्द्रौटामा सडकमा रोजगार गर्नेहरुको सख्या दिन प्रतिदिन वढ्दै गएको छ । न्युन स्तर भएकाहरुले यो पेसा गर्ने गरेको पाइएको छ । महेन्द्र राजमार्गको किनारमा एक मेसिन सगै उनिहरु देखिन्छन । देख्दा शरिरका कपडाहरु काला देखिन्छ । समाजले सवारि साधनमा ग्रिसिङ गर्ने व्याक्तिलाई तल्लो नजरले हेर्ने गरेको पनि पाइन्छ ।

sam_0567
कपिलवस्तुको चन्द्रौटामा रोकिराखेको सवारि साधना ग्रिसिङ गर्दै

सडकमा गुडिरहेका सवारि साधनहरु कति वेला आएर रोक्छन भनेर  पनि उनिहरु पर्खाइमा रहन्छन ।सवारि साधनमा ग्रिसिङ गर्दै गर्दा चोटपटक लाग्ने डर भएको पनि उनिहरु वताउछन । आफु गरिवि भएकै कारण यो सडकमा काम गर्नुपरेको उनिहरुको धारण रहेको छ ।

दिनभर काम नगरि साझ खाना नै नपुग्ने विगत ९ वर्ष देखि यहि कार्य गर्दै आएका गंगाराम रैदासले दुखेसो पोखे ।गाडिकै मुनि सुतेर काम गर्नु पर्ने र दिशा पिसाव फोहोरो नभनि काम गर्नु पर्ने रैदासले थपे,यस काम वाट मासिक रुपमा दशहजार कमाउन सकिने उनले वताए ।

विदेश गई धेरै पैसा कमाउने सोच बनाएको तर विदेश जान लाग्ने पैसा नभएको र कसैले सहयोग पनि नगरेका कारण यो काममा लागेको कपिलवस्तु कुदरवेटवा वस्ने रामकुमार पुरी ले वताए ।महिनौ दिन सम्म कमाएको पैसा घर परिवारका सदस्यहरु विरामि हुदा एकै दिनमा सिद्धिने भएकोले अहिले विदेश जाने सोचनै नवनाएको उनले वताए ।