तुलसीपुर, २२ कार्तिक । राप्ती बबई बहुमुखी क्याम्पस तुलसीपुरको व्यवस्थापन
समितीले क्याम्पस प्रमुख लक्ष्मणकुमार रेग्मी र सहायक क्याम्पस प्रमुख जिवराज
शर्मालाई निलम्बन गरेको छ ।
क्याम्पसका सहप्रध्यापक महेराशराज आचार्यको शैक्षिक प्रमाणपत्र भारतिय भएको समाचार सार्वजनिक भएपछी क्याम्पसका प्राध्यापकहरु ीवच विवाद चुलिएको थियो ।
व्यस्थापन समितीका अध्यक्ष गोपीनाथ योगीले उनीहरुलाई निलम्बन गरीएको र विवाद छानविन गर्न क्याम्पसका पूर्व प्राचार्य माधवप्रसाद लामिछानेको संयोजकत्वमा पूर्व प्राचार्य शंकर दिवश मजगैँया र अधिवक्ता प्रबिण धिताल सदस्य रहेको तीन सदस्यीय छानविन समितीलाई गठन गरिएको जानकारी दिए ।
उनका अनुसार छानविन समितीले १५ दिनभित्र प्रतिवेदन बुझाउनु पर्नेछ ।
