
![hf]lvdk"0f{ ofqf kfFry/sf] lkmlbdaf6 #% lsdL k"j{sf] d]jf vf]nfdf hf]lvdk"0f{ ofqf ub}{ ofq' . tl:a/ M lht axfb'/ e08f/L, kfFry/, /f;;](http://indrenionline.com/wp-content/uploads/2016/06/Rss_Images_1466503454206_JB_Panchthar_062116_khola-tardai.jpg)
दाङ २२ कार्तिक । दाङमा गत साउन महिना देखी रोकिएको नदिजन्य पदार्थको उत्खनन् तथा निकासी सोमबार देखी खुल्ला गरिएको छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण समितिको अनुमतिमा दाङका ९ वटा खोला तथा नदिबाट सोमबार देखी ढुंगाजन्य बस्तुको उत्खनन् र निकासी खुल्ला गरिएको हो ।
जिल्ला विकास समिति दाङका अनुसार पुरन्धाराको च्याटीखोला, पन्चकुलेको बौलाहखोला, तुलसीपुर क्षेत्रभित्रको भमके, पातु र ग्वारखोला, बिजौरीको हापुरखोला, लक्ष्मीपुरको बबई नदीबाट ढुंगाजन्य बस्तुको उत्खनन र निकासी गर्न पाईने भएको छ ।
त्यस्तै देउखुरीको राप्ती नदि र रनसिङखोलाबाट नदिजन्य पदार्थ उत्खनन् र निकासी गर्ने गरी स्विकृती आएको जिल्ला बिकास समिति दाङका लेखापाल विष्णुमणि आचार्यले जानकारी दिए ।
गतबर्ष सम्म निकासी भैरहेका सेवार र ट्वाङखोलाबाट यसबर्ष भने उत्खनन् र निकासीका लागि समितिले स्विकृती दिएको छैन । उक्त अनुमति पाएका खोलाहरुबाट ढुंगाजन्य बस्तु निकासीका लागि सम्बन्धित नगरपालिका तथा गाबिसलाई जिम्मा दिईएको जिविसले जनाएको छ ।
ढुंगाजन्य बस्तुहरु उत्खनन ट्याक्टरहरुले मात्रै गर्ने र बेल्चाको मात्रै प्रयोग गर्न पाईने नियम बनाइएको छ ।










