क्वालालाम्पुर २२ कार्तिक । राष्ट्रिय जनमुक्ति पार्टिको बिदेश शाखा अन्तर्गत “जनमुक्ति मन्च मलेसियाले दोस्रो अधिबेशन सम्पन्न गर्दै पदम राना मगरलाई अध्यक्षमा निर्वाचित गरेको छ । “प्रबासमा हाम्रो चाहना, पुर्ण संघियता र जातिय एबं क्षेत्रीय सनानुपातिक प्रतिनिधित्व प्रतिको  प्रतिबद्धता ! भ्रस्टाचार मुक्त मार्तुभुमी निर्माण गर्न जनमुक्ती संग आबद्दता !

received_1294359667273331भन्ने मुल नाराका साथ रास्ट्रीय जनमुक्ति पार्टी बिदेश शाखा मलेसिया ले दोश्रो अधिबेशन सम्पन्न गरेको हो । मोहन राना मगर संयोजक रहेको समितिमा पदम रानाको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको मञ्चले जानकारी दिएको छ ।

मलेसिया को राजधानी क्वालालम्पुर कोतारायमा सम्पन्न अधिबेशनबाट संयोजक( मोहन राना अध्यक्ष – पदम राना बरिस्ठ उपाध्यक्ष (चक्र तामाङ ,उपाध्यक्ष – डि बि लाफा मगर , महासचिव – गणेश बिर्कट्टा , सचिब – सागर थापा , प्रचार बिभाग प्रमुख रुपेन आले महिला बिभाग प्रमुख – रश्मि राना

सदस्यहरुस् अमृत बि क, सन्त थापा, पुर्ण बहादुर खवास ,पबित्रा थापा ,धन बहादुर चौधरी , तिलक सुनुवार लगायत रहेका छन ।

मुलुक परिबर्तन को लागि प्रबास बाट राजनिती एकता गर्ने हेतुले आफुहरु संगठित भएको बताउदै मञ्चले आगामि दिनहरुमा विभिन्न कार्ययोजना बनाई सैद्धान्तिक तथा राजनीतिक हकहितका लागि आवाज बुलन्द पार्ने बताएको छ । साथै मञ्चले बिदेशमा भईपरि आउने श्रमिक समस्याहरुमा मिलेर सहयोग सामना गर्ने बताएको छ ।