patrakar

घोराही २२ कात्तिक । तुलसीपुर क्षेत्रमा क्रियाशिलपत्रकारहरुले यस वर्षको तिहारमा खेलेको देउसी भैलो वाट संकलित रकमलाई धर्मशाला सहयोग देखी पत्रकार हितकोषमा जम्मा गरेका छन । आईतवार घोराहीमा एक कार्यक्रमको आयोजना गरी नेपाल पत्रकार महासंघ दाङलाई उक्त रकम हस्तान्तरण गरिएको  थियो । देउसी भैलो कार्यक्रमका संयोजक शुरेश श्रेष्ठको अध्यक्षता एंव नेपाल पत्रकार महासंघ दाङका पुर्व अध्यक्ष केवि मसालको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतमको  विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा उक्त रकम हस्तान्तरण गरिएको हो ।

मौलिक लोक कलाको संरक्षण र प्रर्वद्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको भैलो कार्यक्रमले स्थानिय धर्मशालामा सामाग्री बितरण तथा पत्रकारहरुको हितका लागि रकम जम्मा गरिएको छ ।  कार्यक्रममा वोल्दै पुर्व अध्यक्ष एंव प्रमुख अतिथि मसालले संकलित रकमलाई सामाजिक काममा लगानी गरेकोमा भैलो टोलीले  धन्यावाद दिए । उनले भने  ‘पत्रकार कलममात्रै होईन ,  मौलिक कलाहरुको संरक्षण र सामाजिक सेवामा पनि सर्मपित हुनुपर्छ । ’ पत्रकारहरुको यो कार्य दाङका लागि नमुना योग्य भएको भन्दै प्रशंसा पनि गरेका थिए ।

 देउसी भैलो टोलीले तुलसीपुरमा रहेको श्री सिद्धिश्वरी धर्मशालामानगद ५० हजार र नेपाल पत्रकार महासंघ दाङको पत्रकार हितकोषमा नगद २० रुपैया सहयोग गरेको हो । कार्यक्रममा विशिष्ट अतिथि एंव नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदिपगौतमले पत्रकारहरु पनि सामाजिक सेवक रहेकाले यस्ता सेवा भावमा लाग्न अझै उत्साहित हुनु आग्रह गरेका थिए । पत्रकारहरु मौलिकतामा देखिएका विकृती अन्त्य गरी  संरक्षण र सम्बद्र्धनमा लाग्नुपर्ने बताएका थिए ।

नेपाल पत्रकार महासंघ दाङका सदस्य गोपाल शर्मा भट्टराईको  स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रममा सचिव गजेन्द्र वोहोराले उपस्थित सम्पूर्ण सहयोगीमनहरुलाई धन्यावााद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार गणेश आचार्यले गरेका थिए ।