14947415_215647448868840_5945654499094755398_n-1 देउखुरी २२ कात्र्तिक । सभामुख ओनसरी घर्तीले संविधान संसोधनको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएकी छिन् । संविधान संसोधनको बिषयमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र सत्तारुद दलहरुबीच भईरहेको गम्भिर छलफल अन्तिम चरणमा पुगेकाले संविधान संसोधन छिटै शुरु हुने सभामुख घर्तीको भनाई छ । तिहार मनाउन गृह जिल्ला रोल्पा आएकी घर्तीले आईतबार काठमाडौँ फर्किने क्रममा सशस्त्र प्रहरी बल ज्वालामाई गण भालुवाङ दाङले आयोजना गरेको स्वागत तथा दिवाभोज कार्यक्रममा सञ्चारकर्मीहरुसंग कुरा गर्दै यस्तो बताएकी हुन् ।

उनले संविधान संसोधनका बिषयमा दलहरु गम्भीर रुपमा अगाडी बढेकाले   छिट्टै नै संसोधनको विधेयक संसदमा पेस हुने विश्वास पनि ब्यक्त गरेकी छिन् । संविधान कार्यान्वयन प्रक्रिया समेत केही हद सम्म अघि बढि उनले बताईन् । संविधान कार्यान्वयन अन्र्तगत आयोग सम्बन्धी ऐन पारित हुनुका साथै निर्वाचन सम्बन्धी बिधेयक समेत समितीबाट संसदमा पेस गर्ने तयारी भईरकेको सभामुख घर्तीले बताईन् । सभामुख घर्तीले संविधान संसोधन र संविधान कार्यान्वयन प्रक्रियामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सहमति बिना सम्भव नहुने पनि  दाबी गरिन् । उनले यी दुबै बिषयमा प्रतिपक्ष दल एमालेले सहयोग गर्ने पनि बिश्वास ब्यक्त गरिन् ।

सभामुख घर्तीले स्थानिय निकायको पुर्नसंरचनाको बिषयमा जनताको मत आउनु अत्यन्तै राम्रो पक्ष भएको उनले बताईन् । उनले भनिन ‘ यस्तो बिबाद देश भरिबाट नै आईरहेको छ  ;  छलफलबाटै सहमति खोजिनु पर्छ । ’  यसमा स्थानिय निकाय र संसदीय निर्वाचनका लागि सरकारको प्राथमिकताको बिषय रहेको र स्थानिय तहको निर्बाचन गर्नु पर्ने सबैदलहरुको धारणा रहेको उनले बताईन् । स्थानिय निकायको निर्वाचन हुन नसक्दा कार्य सम्पादन जटिल बन्दै गएकोले छिटै नै निर्वाचन हुनु पर्ने  उनको भनाई छ । लोकमान सिंहको महाअभियोगका बिषयमा एक चौथाईले संसदमा दर्ता गराए पछि अहिले प्रक्रिया मै रहेको बताउँदै घर्तीले दलीय सहमति पछि समितीमा पठाउने सभामुख घर्तीले बताईन्  ।