घोराही २२ कात्तिक । दाङलाई पुनर्संरचन गर्नका लागि दुईवटा खाका सिफारिस गरिएको छ। स्थानीय तह पुनर्संरचना जिल्ला प्राबिधिक समितिले एउटा १० तह र अर्को नेपाली काँग्रेसले १२ तह सहितको स्थानीय तहको पुर्नसंरचनाको खाका आयोगमा पठाएको छ । दश तह बनाईएको खाकामा कांग्रेस बाहेक अन्य सबै दलहरुले लगभग सहमति जनाएका छन् । तर, नेपाली कांग्रेसले भने साबिकका ४ नगरपालिका सहित १२ स्थानीय तह निर्माणको लागि दावि गरेको छ । आईतवार जिल्ला बिकास समितिले आयोजना गरेको सर्बदलिय छलफलको कार्यक्रमलाई समेत नेपाली कांग्रेसले बहिस्कार गरेको थियो ।
कारण उसले यसअघि कार्तिक १८ गते नै १२ प्रदेश भन्दा कममा जाने नसकिने अडान राखेको थियो । नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले भौतिक पूर्वाधार विना उपमहानगरपालिका निर्माण गरेर जनतालाई करको भार मात्रै थप्ने पक्षमा काँग्रेस नरहेको बताए । उनले जव भौतिक पूर्वाधारको विकास गरि उपमहानगरपालिका बन्न लायक वातावरण सृजना हुन्छ, तव मात्रै उपमहानगरपालिका वनाउन सकिने बताए । जिल्ला प्राबिधिक समितिले आयोगमा पठाएको दश तहको खाकामा साबिकको घोराही र तुलसीपुर नगरपालिकालाई उपमहानगरपालिका र लमहीलाई नगरपालिका बनाउने प्रस्ताव सहित सिफारिस गरेको छ । जसमा आठ गाउँपालिका बन्ने गरी आयोगमा सिफारिस गरिएको समितिका संयोजक कुलबहादुर जीसीले जानकारी दिए ।
तर, नेपाली काँग्रेस दाङका सभापति कीर्तिवहादुर खड्काले साविक चार नगरपालिका र थप आठ गाँउ पालिका बनाउनुपर्ने प्रस्तावमा काँग्रेस अडिग रहेको बताए । साबिकको घोराही नगरपालिका, त्रिपुर नगरपालिका सहित सैघा, लक्ष्मीपुर, रामपुर र धर्ना गाबिसलाई गाभेर घोराही उपमहानगरपालिका र साबिक तुलसीपुर नगरपालिकामा विजौरी, मानपुर, डुरुवा, फुलबारी र पवननगर गाबिसलाई गाभेर तुलसीपुर उपमहानगरपालिका बनाउन काँग्रेस बाहेकका अन्य प्रमुख केही राजनीतकि दल र प्राविधिक समतिले सिफारिस गरेका छन् ।
त्यसैगरी बेला र राजपुर गाबिसलाई मिसाएर जंग्रहवामा केन्द्र रहने गरी राजपुर गाउँपालिका, गढवा, कोईलाबास, गंगापरस्पुर र गोबरडिहा गाबिसलाई मिसाएर गढवा केन्द्र रहने गरी गढवा गाउँपालिका, लालमटिया, सिसहनिया र हाँसीपुरको १ र २ वडा मिसाएर मौरीघाट केन्द्र रहने गरी राप्ती गाउँपालिका बनाईएको छ । त्यसैगरी सतबरिया गाबिसलाई साबिक लमही नगरपालिकामा गाभिएको छ । ी लोहारपानी, स्यूुजा काभ्रे र हासीपुर गाबिस मिसाएर कमिरेचौर केन्द्र रहनेगरी बंगलाचुली गाउँपालिका बनाउन सिफारिस गरिएको छ ।
त्यस्तै गोल्टाकुरी, हेकुली र श्रीगाउँलाई मिलाएर बागरमा केन्द्र रहने गरी दंगीशरण गाउँपालिका, शान्तिनगर, धनौरी र बाघमारे गाबिसलाई मिलाएर खैरेनीमा केन्द्र रहनेगरी शान्तिनगर गाउँपालिका र पुरान्धारा र पञ्चकुले गाबिसलाई मिलाएर हापुरेमा केन्द्र रहनेगरी बबई गाउँ पालिका बनाउन सिफारिस गरिएको छ । प्राबिधिक समितिले शनिबार सर्बदलिय सर्ब पक्षिय बैठक गरी गाउँ पालिका नगरपालिका बिभाजनको खाका सार्बजनिक गरेको हो । समितिका संयोजक कुलबहादुर जिसीका अनुसार सर्वदलिय सर्वपक्षिय भेलाले जिल्लाको स्थानीय पुनर्संंरचनालाई १० भागमा विभाजन गरी पुनः संरचना आयोगमा पठाउने निर्णय सहित यस्तो अवधारणा निर्माण गरिएको हो । सर्वपक्षिय बैठकले स्थानी स्तरहरुबाट प्रस्तावित विषयहरुमा छलफल गर्दा दाङको पुनर्संरचनालाई १० इकाईमा विभाजन गरी केन्द्रमा प्रस्ताव गर्ने निर्णय भएको हो ।
भौगोलिक, आर्थिक, जनसंख्या र नागरिक प्राकृतिक स्रोेत साधनको वाँडफाँटका आधारमा नेपाली कांग्रेस वाहेक दलहरुको साझा सहमतिले दाङलाई दुई उपमहानगरपालिका र आठ गाउँपालिका आधारमा संरचना निर्माण गरेकाले आयोगमा १० इकाई संरचना प्रस्ताव गर्न लागिएको जानकारी जिसीले जानकारी दिए ।
जिल्ला प्राबिधिक समितिले पठाएको अर्को १२ तहको खाकामा दाङका चार नगरपालिकालाई यथावत राखी अन्य ८ वटा गाउँपालिका बनाउने गरी सिफारिस गरेको छ । यो काँग्रेसले गरेको प्रस्ताव हो । १२ तहको खाकामा घोराही, तुलसीपुर, त्रिपुर र लमही नगरपालिकालाई यथावत राखिने उल्लेख छ । अन्य आठवटा गाउँपालिका बन्ने आधार नेपाली काँग्रेसले प्रस्तुत गरेको काँग्रेसका जिल्ला सचिव शंकर प्रशाद डाँगीले बताए ।
आयोगले कार्तिक २० गतेसम्म स्थानीय तह पुनर्संरचनाको योजना निर्माण गरी आयोगमा बुझाई सक्नुपर्ने निर्देशन दिएको थियो । तर पछिल्लो पटक कार्तिक २२ गते सम्मको समय सिमा तोकिएको छ ।
कांग्रेस दाङको आपत्ति
नेपाली कांग्रेस दाङले जिल्लाको स्थानीयतह पुनर्संरचना निर्माणको निर्णय बारे असहमति जनाएको छ । आयोगले दाङलाई न्युनतम १० देखि अधिकतम १३ इकाईमा विभाजन गर्नसक्ने प्रवाधान सहितको निर्देशन दिएपनि पुनर्संरचना प्राविधिक समितिले त्यसको बेवास्ता गर्दै आफूखुसी निर्णय गरी सहमति गरेको आपत्ति जनाएको हो ।
नेपाली कांग्रेस दाङका सचिव शंकरप्रसाद डाँगीले प्राविधिक समितिले आफूखुसी केही राजनीतिक दलहरुको स्वार्थका लागि नागरिकको सेवा सुविधालाई वञ्चित गर्न खोजेको आरोप लगाएका छन् । डाँगीले घोराहीलाई उप–महानगरपालिका सहित १२ इकाई केन्द्रमा सिफारिस गर्न सकिने कांग्रेसको सिद्धान्त नरहेको बताए । भौगोलिक बनोट, जनसंख्या र आम्दानीलाई आधार मानेर सिमाङ्कन गर्नुपर्ने उनले बताए । त्यसैगरी नेकपा एमाले अध्यक्ष टिकाराम खड्काले पश्चिम पुरन्धरा, पञ्चकुले, बाघमारे, शान्ति एक इकाई, पवननगर, धनौरी, श्रीगाउँ, हेकुली र पश्चिम गोल्टाकुरी एक इकाई, पूर्वि गोल्टाकुरी, टरिगाउँ, उरहरी र पश्चिम फुलबारी एक इकाई, धर्ना पश्चिम, गोल्टाकुरी पूर्वि भेग र त्रिपुर एक इकाई, विजौरी, मानपुर डुरुवा र पूर्वी फुलबारी एक इकाई, घोराही नगरपालिका, लक्ष्मीपुर रामपुर, धर्ना, सैघा र स्ूजा गरी उपमहानगरपालिका बनाउने पार्टीको धारणा रहेको बताए ।
त्यसैगरी गढवा, कोइलावास, राजपुर, बेला र गंगापस्पुर एक इकाई, लालमटिया, सिसनिया, सतवरिया र लमही नगरपालिका एक इकाई, हाँसीपुर तल्लो भेग, लालमटिया केहीभाग, सिसहनियाको गरी एक इकाई र सैघा, स्यूूजा, काभ्रे र लोहारपानी एक इकाई गरी पुनर्संरचना गर्न सकिने बताए । जसले गर्दा भौगोलिक, जनसंख्या र आर्थिक विकासको मापदण्डले उपयुक्त मानिन्छ । तर प्राविधिक समितिले यस्तो निर्णयको बर्खिलाप गरी आफू खुसी निर्णय गरेकोप्रति आपत्ति जनाएको बताए ।
