जनकपुर, २१ कात्तिक । सद्भावना पार्टीका धनुषा उपाध्यक्ष रामचन्द्र चौधरीको आज बिहान करेन्ट लागेर ज्यान गएको छ । बिहान १० बजे नुहाएर घरको छतमा कपडा सुकाउन गएको बेला बिजुलीको नाङ्गो तारमा छोइँदा करेन्ट लागेर चौधरीको ज्यान गएको हो ।
करेन्ट लागेर घाइते भएका चौधरीलाई तत्काल उपचारको लागि जानकी हेल्थ केयर एण्ड रिर्सच सेन्टरमा लगिएको थियो । तर अस्पताल पुर्याएपपछि डाक्टरले उनलाई मृत घोषित गरेका हुन् । चौधरीको एक छोरा र दुई छोरी छन् ।
