20161105054143_harvester-sliderविकासको क्रमसँगै कृषि क्षेत्रमा पनि आधुनिकताले छाउदै गएको छ । पछिल्ला समयमा कृषि प्रयोजनका लागि विभिन्न आधुनिक मेसिनहरु पनि भित्रिरहेका छन् । त्यसैक्रममा भरखरै मात्र कपिलवस्तुको कृष्णनगरमा आधुनिक कम्वाइन हार्भेष्टर मेसिन भित्रिएको छ ।

यो मेसिनबाट कम लागत र समयमा कृषि कार्य गर्न किसानलाई सजिलो हुने गरेको छ । यसबाट एकै पटकमा धान काट्ने, पराल र दाना छुट्याउने र सफाइ गर्ने काम गर्न सकिन्छ ।