बाग्लुङ, २१ कार्तिक । उद्योगमन्त्री नवीन्द्रराज जोशीले लामो समयदेखि बन्द अवस्थामा रहेको बुटवल धागो कारखाना र वीरगञ्ज चिनी उद्योग निजी क्षेत्रलाई दिएर सञ्चालन गर्ने योजनामा सरकार रहेको बताएका छन् ।

11111111111नेपाल वन पैदावर फर्निचर उद्योग व्यवसायी सङ्घ बागलुङको दोस्रो वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले बन्द अवस्थामा रहेका उद्योग छिटै सञ्चालन हुने बताए ।

मन्त्री जोशीले नेपाल औषधि लिमिटेडपछि हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने तयारीमा सरकार रहेको बताए । ‘नेपाल औषधि लिमिटेडबाट सिटामल र जीवन जल उत्पादनको तयारीमा छ, नागरिकलाई अत्यावश्यक पर्ने औषधि सुलभ मूल्यमा उपलब्ध गराउने लक्ष्य छ’ मन्त्री जोशीले भने ।