pani-tankyविजौरी २१ कात्तिक ।  बिजौरीबाट प्रकाशित हुँदै आएको साँक्षि खबर पत्रिकाले आयोजना गरेको देउसीभैलोबात संकलन भएको रकमले पानी ट्याङ्की मर्मत गरिने भएको छ ।

साक्षी खबर साप्ताहिकको सातौ वर्षगाठका अवसरमा आयोजना गरिएको ‘पाठकसंग साक्षी खबरको अभियान, सामाजिक विकासमा सहभागिता हाम्रो पहिचान ’ भन्ने नाराका साथ देउसी भैलोको आयोजन गरिएको थियो ।

साक्षी खबर साप्ताहिकको भैलो कार्यक्रममा बिजौरी उद्योग वाणिज्य संघ, यहाँका सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

भैलो कार्यक्रममा संकलित रकमले बिजौरी उद्योग वाणिज्य संघको भवन अघि खानेपानी ट्याङ्की निमार्ण, बिजौरी, हेमन्तपुर, दुधरास क्षेत्रमा फोहोर जम्मा गर्ने सामग्री हस्तान्तरण गरिने पत्रिकाका सम्पादक÷प्रकाशक राकेश बस्नेतले जानकारी दिए ।

भैलो कार्यक्रमवाट ६२ हजार रुपैयाँ संकलन भएको आर्थिक व्यवस्थापन संयोजक राजन लामिछानेले वताए । भैलो खेल्दाको खर्च कटाई वाँकी रकमले खानेपानी ट्याङ्की निमार्ण गरिने वताइएको छ ।

यसैबिच भैलो कार्यक्रममा सहयोग गर्ने सम्पूर्ण राजनीतिक दल, उद्योगी, व्यापारी, स्थानीय, सञ्चारकर्मी र मनकारी दाताहरुलाई पत्रिकाका प्रधान सम्पादक सुनील कुमार पोख्रेल, प्रकाशक ÷ सम्पादक राकेश बस्नेत, सहसम्पादक गोकर्ण पौडेलले धन्यवाद ज्ञापन गरेका छन् ।

देउसीबाट संकलित रकम सार्वजनिक गरिने सहसम्पादक गोकर्ण पौडेलले जानकारी दिए ।