anarkali-miyaघोराही २१ कात्तिक । सांसद अनिता देवकोटाले सहकारी ऐन संशोधनका लागि सुझाव माग गरेकी छिन् । साझेदारी बचत तथा ऋण सहकारी सस्थाको शनिबार भएको सहकारी शिक्षा शिविर कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै सांसद देवकोटाले सुझाव माग गरेकी हुन् ।

सहकारी शिविर कार्यक्रममा सहकारी निती, ऋण निती, सुशासन, सेयर, अवलोकन भ्रमण, आर्थिक, नियामावलीलगायतका विषयमा जानकारी गराइएको थियो ।

सुशीला आचार्यको अध्यक्षता तथा सांसद देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण विमला गौतमले गरेकी थिईन् ।