शरद रेग्मी
दाङ कार्तिक २०, दाङमा मध्येपश्चिम क्षेत्रिय व्यापारीक तथा पर्यटन एवम् औद्योगीक कृषी मेला संचालन हुन लागेको छ । तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघ १३ गते देखी २३ गते सम्म क्षेत्रिय स्तरको व्यापारीक मेला संचालन हुँन लागेको हो ।

पश्चिम दाङको विकासमा महत्वपुर्ण भुमीका निर्वाह गर्दै आइरहेको तुलसीपुर उद्योग वाणिज्य संघले मध्यपश्चिमाञ्चल क्षेत्रको उधोग, ब्यापार, पर्यटन, सुचना प्रविधि, कृषि, संस्कृतिको विकाश तथा प्रवद्र्घन गर्ने र दाङको तुलसीपुरमा वहुआयामीक सभा गृह निर्माण गर्ने उद्घेश्यले महोत्सवको आयोजना गर्न लागको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले जानकारी दिनु भयो ।

14976926_1353297908037956_8148450568977355245_o
फाइल तस्वीर

यस अघि तुलसीपुर  उद्योग वाणिज्य संघका मानार्थ सदस्य एवम युवा व्यवसायी यज्ञ वहादुर के.सी ले तुलसीपुर – ९ दोघरेमा प्रदान गर्नु भएको एक करोड वरावरको जग्गामा वहुआयामीक सभा गृह निर्मानार्थ व्यापारिक मेला संचालन गर्न लागेको रिजालले जनकारी दिनुभयो । दाङमा राष्ट्रिय स्तरका कार्यक्रमहारु गर्न ठुलो हलको अभाव खड्कीएको भन्दै अध्यक्ष रिजालले प्रदेश नं. ५ को राजधानी दाङ स्थापना र दवाव सृजना गर्न समेत यसले महत्वपुर्ण भुमीका निर्वाह गर्ने रिजालले दावी गर्नु भयो ।

यता तुलसीपुर उद्योग वाणिज्य संघको शनिवार सम्पन्न कार्यसमितिको नियमित वैठकले संघका अध्यक्ष विमल रिजालको संयोजकत्वमा पाँच सय एक सदस्य मुल समिति गठन गरको छ । मुल समितिमा यस क्षेत्रका विभिन्न संघ सस्था, सञ्चार संस्था, विभिन्न क्लव तथा कृयासिल समुह, टोल विकास संस्थाहरुलाई सदस्यमा समावेश गरीएको वाणिज्य संघका प्रेश सल्लाहकार शरद रेग्मीले जानकारी दिनु भयो । वाणिज्य संघले छिट्टै सर्वदलिय सर्व पक्षीय भेलाको आयोजना गरी काम अगाडी वढाउने तयारी गरेको जनाएको छ ।