सल्यान २१ कात्तिक । सल्यानमा स्थानीय तह पुनंसंरचनामा सिमांकनको विषयमा सहमति हुन सकेको छैन । नयाँ संविधान अनुसान बनाउन लागिएको संघीय संरचनामा स्थानीय निकायको संख्यामा सहमति भएपनि सिमांकनको विषयलाई लिएर जिल्लामा विवाद देखिएको छ ।
शनिबारसम्म केन्द्रिय आयोगमा संख्या र सिमांकनको विषय टुंग्याएर पठाइसक्नु पर्ने भएपनि सिमांकनको विषयमा कुरा नमिल्दा जिल्ला प्राविधिक सहयोग समितिले पठाउन सकीरहेको छैन ।
३ नगरपालिका र ७ गाउँपालिका सहित १० वटा स्थानीय निकाय बनाउनेमा दलहरुहरु एकमत भएका छन् । दलहरु अन्य स्थानीय निकायको संरचनामा सहमति नजिक पुगेको भएपनि २, ४,र ७ इलाकामा बढि विवाद रहेको जिल्ला प्रािवधिक समितिका सदस्य सचिव पूर्ण बहादुर वलीले जानकारी दिए ।
