इटहरी– झूटा आरोप लगाई घरबाट निकालिएको भन्दै इटहरीकी एक महिलाले न्यायको लागि सरोकारवाला निकाय तथा सञ्चारकर्मीसँग आग्रह गरिकी छन् ।

५ महिना अघि झापा बिर्तामोडका सुसन थपलियासँग मागी विवाह गरेकी इटहरीका बिध्या सरकार(चापागाई) लाई सासु ससुरा र देवरले झूटा आरोप लगाई घरबाट निकालेको भन्दै आफुलाई घर फर्कन सक्ने वातावरण बनाइदिन आग्रह गरिकी हुन् ।

pedit-1इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरि उनले ससुरा धनपति थपलियाले अरुबाट लिएको पैसा आफूलाई तिर्न लगाउनुको साथै अन्य पुरुषसँग नाम जोडेर घरबाट निकालेको बताइन् ।

सरकार अहिले तिन महिना देखी इटहरीस्थित माइतिको शरणमा बस्दै आएकी छिन् । आफनो श्रीमान् सुसनलाई समेत ससुरा तथा देवरहरुले लुकाएको उनको उनको आरोप छ । घटना अनुसार नारायण गौतम भन्ने व्यक्तिबाट ससुरा धनपतिले ११ लाख लिएको र आफुलाई त्यसको कागज जबरजस्ती गर्न लगाई पैसा तिर्न दबाब दिएपछि घरमा विवाद शुरु भएको बताईन् ।

पछि सो रकमको कागज गर्दा जर्मन लाने भन्दै लिएको रकम खुलाइएको थियो । पैसा ससुराले चलाएपछि आफुलाई तिर्न नसक्ने भएपछि पैसा दिने गौतमले इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिएपछि सरकारलाई प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई जर्मन लान पैसा लिएको भन्दै प्रहरीले बैदेशिक रोजगार अन्तर्गत मुद्धा दायर गरि डेढ महिना जेल सजाय सुनाएको थियो । पछि ५ लाख रुपयौ धरौटि तिरेपछि उनि जेल मुक्त भएकी थिईन ।

११ लाखको झुटो कागज बनाएर आफुलाई जेल र श्रीमानसँग सम्पर्क बिहिन बनाएको पत्रकार सम्मेलनमा सरकारले बताईन् । साथै सासु ससुरा तथा देवरले २५ लाखको सम्पत्ती माइतीमा राखेको समेत आरोप लगाएको उनले बताइन् ।

‘मलाई अनाबश्यक मुद्धा हालेर घरबाट निकालियो’, पत्रकार सम्मेलनमा भावुक हुदै सरकारले भनिन्, ‘ म आफनो घर जान सक्ने अबस्थामा छैन ।’ पैसाको बिषयामा ससुरा धनपति र देवरले बाहिर कुरा लगे ज्यान मार्ने सम्मको धम्की दिएको उनको आरोप छ । यस बिषयमा उनका ससुरा धनपति थपलियासँग बुझदा बुहारीले सबै झुटा आरोप लगाएको दाबी गरे । रातोपाटीमा खबर छ ।