तुलसीपुर २१ कात्तिक । सामाजिक सुरक्षा भत्ता पाउने तुलसीपुर १९ उरहरी का नागरिकहरुको बैंक खाता खोलिएको छ । शनिबार तुलसीपुर १९ मै पुगेर त्यहाँको वडा कार्यालय तथा शिबिल बैंक तुलसीपुरमाको सहकार्यमा शुन्य रकममा खाता खोलिएको हो ।
त्यहाँका सामाजिक सुरक्षाभत्ता पाउने नागरिकले पाउने सुरक्षा भत्ता सहजै पाउन भन्ने उदेश्यले वडामै पुगेर बैंक खाता खोलिएको वडा सचिब मानबहादुर रावतले जानकारी दिए । सामाजिक भत्ता हिनामिन हुने गरेको भन्दै सरकारले बैंक मार्फत सुरक्षा भत्ता बितरण गर्ने ब्यबस्था गरेको छ ।
सोही बमोजिम अशक्त समुहलाई सहज होस भनी सम्बन्धित वडामै पुगेर बैंक खाता खोलिएको सचिब रावतले जानकारी दिए । रावत र सिबिल बैंकका प्रबन्धक पनिल पाछाईले नयाँ खाता खोलदिनुका साथै नयाँ कार्ड पनि बितरण गरेका थिए ।
वडा सचिब रावतका अनुसार त्यहाँका दुई सय ५३ जना अशक्त नागरिक रहेका छन् । जसमध्य जेष्ट महिला ७० जना, पुरुष ६८ , एकल महिला एक सय दुई , पुर्ण अशक्त महिला तीन , पुर्ण अशक्त पुरुष तीन , आँसिक अपाङ्ग महिला एक , आंसिक अपाङ्ग पुरुष २ जना रहेको सचिब रावतले जानकारी दिए ।
