दीपबहादुरर घर्ती
जाजरकोट, २ जेठ ।
जाजरकोट जिल्ला सदरमुकाम नजिकै रहेको धल्लामा सुन खोजिका लागी ६ करोड रुपैया खर्च गरिने भएको छ । चाईनिज नागरीक सङचिङ्गले सुन खोज्नका लागी ६ करोड रुपैया खर्च गर्ने भएका छन् । भेरीमालिका नगरपालीका ४ धल्ला भेरी नदीको किनारमा सुन खोजतलासको लागी चाईनिज नागरीक सङचिङ्गले ६ करोड रुपैया खर्च गर्न लागेको वताईएको छ ।jjkot

खानी तथा भुगर्भ विभागवाट अनुमति लिएर सुनसरी धरान ७ को वेगप्रशाद अर्याल सुन खोजतलास कम्पनीको नामवाट चाईनिजले सुन खोजतलास गर्न थालेको स्थानिय प्रशासनले वताएको छ । सुन खोजतलासका लागी ६ करोड रुपैया खर्च गर्न तयार सङचिङ्गले चिनवाटै नेपालमा हाल सम्म प्रयोग नभएका ठुल–ठुला स्क्यावेटरहरु ल्याउन लागेको खोजतलास कम्पनीले वताएको छ ।

कम्पनीका अनुसार स्क्यावेटरहरु विच वाटोमा आईरहेका छन् । वाटोमा आईरहेका सवै उपकरणहरु खोजतलासमा प्रयोग हुने वताईएको छ । वेगप्रशाद अर्याल कम्पनीमा काम गर्ने चाईनिजहरुले हाल सुन खोजतलास गर्ने स्थल धल्लामा विभिन्न उपकरणहरु जडान गरी रहेको प्रहरी नायव उपरिक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो ।

नदीको वगरमै सुन खोजी गरिरहेको कम्पनीले भेरी नदीलाई नै डाइवर्सन गरेर वर्षादको समयमा पनि नियमित काम गरी रहने जनाएको छ । सुन खोजतलासकै क्रममा चाईनिज नागरिकको आर्थिक लगानीमा धल्ला देखी ईउरी स्थित राम जानकी प्राथमिक विद्यालय सम्मको मोटर वाटोको स्तर उन्नती र राम जानकी प्राविको चार कोठे भवन निर्माण गरिदिने खोजतलास कम्पनीले जनाएको छ । खोजतलास पछि सुन उत्खननका लागी अर्को कम्पनीले काम गरेता पनि लगानी कर्ता सङचिङ्ग नै रहने वताईएको छ । कम्पनीले सुन खोजतलास, उत्खनन् र प्रशोधन गर्दा सम्मको समयमा थुप्रै स्थानिय युवाहरुले रोजगार पाउने जिल्लावासीहरुको अपेक्षा रहेको छ । कम्पनीले स्थानिय स्तरमा रोजगारी श्रृजना गर्नुका साथै स्थानिय निकायको श्रोत वृद्धि हुने विश्वास गरिएको छ ।।