घोराही,२ जेठ । नेकपा एमालेको जनवर्गिय संगठन अखिल नेपाल महिला संघ दाङको जिल्ला अधिवेशन यहि जेठ १२ गते हुने भएको छ । सघको आइतवार घोराहीमा बसेको विस्तारित बैैठकले अधिवेशन गर्ने निर्णय गरेको हो । अखिल नेपाल महिला सघकी जिल्ला अध्यक्ष सिमा न्यौपानेको अध्यक्षतामा बसेको विस्तारित वैठकले अधिवेशनलाई सफल बनाउनका लागि संघकी अध्यक्ष सिमा न्यौपानेको अध्यक्षतामा ५१ सदस्यीय सम्मेलन आयोजक कमिटि समेत गठन गरेको छ ।
त्यस्तै बैठकले सघको सघको हितविपरित कार्य गरेको भन्दै संघकी उपाध्यक्ष रेखा शर्मा,अनेम संघकी क्षेत्र न ३ की इन्चार्ज हुमा डिसी र ४ की इन्चार्ज जानका रेग्मीलाई कारवार्ही गर्ने निर्णय समेत गरेको छ । बैठकले अखिल नेपाल महिला संघकी केन्द्रीय सल्लाहकार समितिकी अध्यक्ष मेनका पोख्रेलको सिघ्रस्वास्थ्य लाभको कामना समेत गरेको छ ।
विस्तारित वैठकमा नेका एमालेका वैकल्पीक केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मेटमणि चौधरी,नेकपा एमाले दाङका अध्यक्ष जोगबहादुर राना,किसान महासघका पाँच नम्वर प्रदेशका उपप्रमुख टिकाराम खड्का,नेकपा एमाले अञ्चल कमिटिकी पूर्व सदस्य सिता न्यौपाने,नेकपा एमाले दाङका जिल्ला सदस्य सुरामणि बेल्वासे,जिल्ला सदस्य कृष्ण भुसाल,चुर्णबहादुर वली,लोकतान्त्रीक थारु संघका उपाध्यक्ष रामप्रसाद चौधरी,युवा किसान संघका अञ्चल सचिव गेहेन्द्र वस्नेत,अनेरास्वीयूका जिल्ला अध्यक्ष विरवल खड्का लगायतले बोल्नुभएको थियो । शोभा शाहको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण मिना गुरुङले गर्नुभएको थियो ।