जेठ २, रामपुर ।
हरप्लेस दाङको आयोजनामा  तथा युवा सञ्जाल रामपुरको समन्वयमा द्धन्द समाधान र शान्ति निर्माण सम्वन्धि गाविस स्तरिय तीन दिने तालिमको  शनिवार एक कार्यक्रमगरि समापन गरिएको छ । युवा सञ्जाल रामपुरका सदस्य गोपाल खनालको अध्यक्षतामा भएको समापन कार्यक्रममा बोल्ने बक्ताहरुले तालिममा सिकेकाकुरालाई व्यवहारमा लागु गर्ने सकेमात्र तीन दिनको तालिमको उपलब्धी हुने बताएका थिए ।

santoshतालिम समापन कार्यक्रममा हरप्लेस दाङका जिल्ला कार्यक्रम संयोजक विनोद केसी, तालिम परामर्शदाता सुनिता विएम ( थापा ) रामपुर गाविस सहजकर्ता सुष्मा रेग्मी, तालिमको सहभागिको तर्फबाट अन्जु परियार, जानका सुनार, बसन्त डाँगी लगायतले बोल्नुभएकोथियो  ।

तालिममा सक्रिय सहभागि जनाएकोमा युवा सञ्जाल रामपुरकी सदस्य कौशिला केसीले धन्यवाद दिनुभएकोथियो भने कार्यक्रमको सहजीकरण हरप्लेस दाङका फिल्ड कार्यक्रम साहयक सन्तोष दहितले गर्नुभएकोथियो ।
तीन दिनसम्म चलेको तालिमको परामर्शदातामा राजेन्द्र अधिकारी, सुनिता विएम, विनोद केसी, सन्तोष दहित लगायत रहनुभएकोथियो । तालिममा रामपुरका विभिन्न वडाबाट २२ जना युवाहरुको सहभागिता  रहेको रामपुर युवा सञ्जालको गोपाल खनालले जानकारीदिनुभएको छ ।
उष्अ उबगलब मबष्