गोविन्द खड्का
घोराही, २ जेष्ठ
घोराहीको नमछु बौद्ध गुम्बामा शनिवार सा“झ देखि महापुजा शुरु भएको छ । आईतवार पत्रकार सम्मेलन गरी आठ गते सम्म चल्ने समितिले जानकारी दिएको हो । पुजामा प्रज्ञा पारमिता पाठ गरीने छ ।
सो महापुजका लागि आचार्य टासी दोर्जे सहीत सात जना लामाहरु आउनुभएको छ । बुद्ध जयन्तीका दिन अन्त्य हुने गरी थालिएको पुजामा बुद्धका वचन भएका १६ ठेली पाठ गरीने आचार्यले जानकारी दिनुभयो । हरेक दिन दिउसो एक देखि तिन र साझ पाच देखि सात बजे सम्मको समय नेपाली बाट प्रबचन गरीने छ ।
यसैगरी गुम्वामा मानसीक असन्तुलन, प्यारालाईसिस, मुटुरोग लगाएतका उपचार गरेको भक्त बहादुर लामाले जानकारी दिनुभयो । समितिका सदस्य मनिराज पुनले यसै बर्ष भ्युटावर बनाउने गरी काम अघि बढेको बताउनुभयो ।
नेपाल मगर महिला सेवा समितिको नाममा रहेको जग्गामा गुम्बा स्थापना गरीएको कारण सहयोग जुटाउन कठिन भएको समितिले जनाएको छ । स्वामित्वमा नभएकाले सरकारले लगानी नगरेको समितिका अध्यक्ष सत बहादुर रोकाले जानकारी दिनुभयो । हरेक बर्ष माग्दाखेरी समस्या आएको रोकाको भनाई छ । राप्तीकै पहिलो गुम्वालाई बचाउन समितिले सबैलाई आग्रह गरेको छ ।।