इन्द्रेणी संवाददाता
दाङ, २ जेठ
हिन्दु जागरण नेपाल जिल्ला समिति दाङले घोराही नगरपालिका ११ इन्द्रेणी टोललाइ भोली धर्म परिवर्तन मुक्त क्षेत्र घोषणा गर्ने भएको छ । हिन्दुत्व संरक्षण तथा धर्म परिवर्तन विरुद्धको अभयान अन्तर्गत इन्द्रेणी टोललाइ भोली धर्म परिवर्तन मुक्त क्षेत्र घोषणा गर्न लागेको हो ।
आज घोराहीमा पत्रकार सम्मेलन गर्दै समितिले भोली विहान ११ वजे घोराहीको वालमन्दिर चोकवाट ¥याली निकालीवजार परिक्रमा गर्ने र नापी कार्यालय छेउमा पुगेर कार्यक्रममा परिणत हुने जिल्ला समिति अध्यक्ष यमजवहादुर भण्डारीले जानकारी दिनुभयो ।
धर्मको नाममा विदशी शक्तिहरुले गरिव दुखी र पछाडी परेका समुदायमा लोभलालच देखाएर आफ्नो शक्ति प्रदर्शन गरिरहेकोले त्यसको विरुद्धमा धर्म परिवर्तन मुक्त क्षेत्र घोषणाको अभियान थालेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।
जिल्ला अध्यक्ष भण्डारीको अध्यक्षता तथा हिन्दु जागरण नेपालका केन्द्रिय अध्यक्ष रामकृष्ण उपाध्यायको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन भएको हो । क्रिष्टिचियनहरुले धर्मको नाममा गर्दै नेपालीहरुमा द्धन्द्ध सृजना गरेको हिन्दु जागरण नेपालको दावि छ ।