शान्त कुमार बुढा मगर
दाङ, २ जेठ
एपिस सेरेना मौरीको व्यवस्थापन तथा प्रवर्धन सम्वन्धी एक गोष्ठी आज घोराहीमा सम्पन्न भएको छ । असल शासन संरक्षण मञ्च हेकुलीको आयोजनामा भएको उक्त कार्यक्रममा एपिस सेरेना मौरीको व्यवस्थापन, प्रवर्धन र मुल्य श्रृंखला विकास सम्वन्धी ल्याउने कार्यक्रमका वोरेमा जानकारी दिइएको हो । apc

मौरी पालनमा दाङको अवस्था राम्रो रहेको र अहिले मौरी पालनमा मेलिफेरा मात्र रहेको अवस्थामा अव एपिस सेरेनाको पनि राम्रै सम्भावना रहेको तथा यसको व्यवस्थापन र प्रवर्धन गर्न लागिएको मञ्चका अध्यक्ष कमल सुवेदीले वताउनुभयो ।

अहिले जिल्लामा पवननगर, साविकको हापुर र सैघा गा.वि.स.का पहाडी भेगलाई लक्षित गरी कार्यक्रम अगाडी वढाईएको छ । यी तिन गा.वि.स.मा १ सय २० घरमा एक एक घार माहुरी दिने वताईएको छ । कार्यक्रमको लागि कृषि विकास कार्यालयले २९ लाख उनान्सय हजार नौ सय उनान्सय रुपैयाँ सात पैसा र मञ्चको दुई लाख पाँच हजार गरि जम्मा ३२  लाख एक हजार चार सय २२ रुपैंया सात पैसाको लागत रहेको छ ।

कार्यक्रममा प्रमुख अतिति स्थानीय विकास अधिकारी रमेश गौतमले कार्यक्रम लक्षित वर्ग सम्म यो कार्यक्रम पुगोस भन्दै कार्यक्रमको सफलताको शुभकामना दिनु भएको छ । दाङ्गमा अहिले सम्म मेलिफेरा मौरी पालन भैरहेकोमा यो एपिस सेरेना मौरी पालन सुरु गरीएको र यसको राम्रो सम्भावना रहेको कृषि विकास कार्यालयका प्रमुख श्रीधर ज्ञवालीले वताउनुभयो ।

मौरीको लागी करीव ३ किलोमिटर चरण क्षेत्र हुने र यी दुई जातका मौरी आपसमा मिल्न नसक्ने भएकाले  यस वारे विचार पु¥याउन सुझाउनुभयो । असल शासन संरक्षण मञ्च हेकुलीका अध्यक्ष कमल सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण मञ्चका कार्यक्रम निर्देशक शशी शर्मा मजगैंयाले गर्नुभएको थियो ।।