निर्जला गहतराज

जेठ,२ दाङ घोराही बजारको मेन चोक तुलसीपुर चोक देखि पश्चिम तर्फको मुख्य सडक जिर्न हुँदा सवारी तथा पैदल यात्रीलाई सास्ती भएको छ । मुख्य सहरको मुख्य सडकमा खाल्टा खुल्टी हुँदा सडक आवागमनमा अबरोध भएको हो । घोराही बजारको बढ्दो सहरीकरण र सवारीसाधनको चाप यो सडकले थेक्न नसकिरहेको बेला झनै सडक जिर्न हुँदा सर्वसाधारण लाई सास्ती भएको हो ।

vlcsnap-2016-05-08-19h04m20s811चालू बर्षको आर्थिक मसान्त समाप्त हुन करिब २ महिना मात्र बाकी रहदा सम्म पनि सरोकारवाला मौन बसिदिनाले बिकास निर्मानमा चुनौती भएको हो भन्छन एक गाडी चालक रामबहादुर थापा ।

यस्तै अर्का पैदल यात्री केशव न्यौपाने भन्छन – आजभोलि यो सडक निकै जिर्नछ। बाटोमा हिड्दा सवारीले धुलो उडाएर पुरै शरीर धुलाम्य पार्छ कि त पानी पर्यो भने खाल्डाखुल्डीमा जमेको पानी गाडिले छ्यापेर पुरै कपडा हेर्न लाएक हुदैन ।

यसैगरी अर्का यात्रु बिक्रम थापा भन्छन नेपालको कानुन दैबले जानुन आजभोलि सडक यस्तो भएको कहि कसैलाई थाहा छैन असार मसान्त जान थाल्दा अलिकति अलकत्रा लिएर छर्किन्छन अनि कसरी हुन्छ बिकास ?