घोराही, १ जेठ । सुदुरपश्चिमबाट दाङ आइ विभिन्न पेशा तथा ब्यवसायमा संलग्न रहदै आएका सुदुरपश्चिमेलिहरुको भेलाले  सुदुरपश्चिमेलि मैत्रि समाज दाङको नयाँ कार्यसमिति गठन गरेको छ। समितिको दोस्रो साधारण सभा तथा बनभोज कार्यक्रमबाट आज नयाँ समिति गठन भएको हो । शनिवार घोराहीको वाह्रकुने दहमा सम्पन्न समाजको वनभोज कार्यक्रम तथा साधारण सभावाट धर्मराज पाण्डेको अध्यक्षतामा ११ सदस्यिय समिति चयन गरेको हो ।

13179424_1110045599062154_4591807357673853711_n जसको उपाध्यक्षमा श्रीप्रशाद श्रेष्ठ, सचिवमा मिनराज भाट, सहसचिवमा रितु जोशी आचार्य, कोषाध्यक्षमा भानु जोसि रहनु भएको छ । त्यस्तै साधारणसभाले जिल्ला प्रहरी प्रमुख कुवेर कडायत, प्राध्यापक ज्ञानदेव मिश्र, डा। प्रकाश जोशी र वलदेव पन्तलाई सल्लाहकारमा चयन गरेको भेलापछि सचिव भाटले जानकारी दिनु भएको छ ।

समाजका अध्यक्ष ज्ञानदेव मिश्रको अध्यक्षता एंव जिल्ला प्रहरी प्रमुख कुवेर कडायतको प्रमुख आतिथ्यता एंव सशस्त्र प्रहरी कारागार घोराहीका सशस्त्र प्रहरी नायव उपरीक्षक जिवन भण्डारीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल परीवार नियोजन शाखा दाङका प्रमुख वासुदेव विष्ट, वातावरण पत्रकार मञ्चका अध्यक्ष भानु जोशी, राप्ति उपक्षेत्रीय अस्पतालका डा।प्रकाश जोशी, महेन्द्र बहुमुखि क्याम्पस विज्ञान विभाग प्रमुख तेजबहादुर कुवर लगाएतकाले वोल्नु भएको थियो ।
उपाध्यक्ष जगन्नाथ जोसिको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन वलदेव पन्तले गर्नु भएको थियो । साथै साधारण सभाले संस्थाको विधान निर्माण गरी दर्ता प्रक्रीया अघि बढाउने निर्णय गरेको छ । सो अवसरमा सुदुरपश्चिमको देउडा प्रस्तुत गरीएको थियो ।