काठमाडौँ– नेपालको राजकीय भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग मधेशी मोर्चाका नेताहरुको भेटवार्ता भएको छ । बिहीबार साँझ ७ः५० बजे होटल हायतमा मधेश केन्द्रित विभिन्न सातदलका नेताहरु सँग मुखर्जीले करिब १० मिनेट समय भेटघाट गरेका हुन् ।

madhesi-dal-and-parnab-1024x601भेटमा सातै जना अध्यक्षहरु सदभवानाका अध्यक्ष अनिल झा, तराई मधेश लोकतान्त्रीकका महन्त ठाकुर, तराई मधेश सदभावन पाटीका महेन्द्र राय यादव, संघिय समाजवादी फोरमका उपेन्द्र यादव, राष्ट्रिय मधेश समाजवादीका सरदसिँह भण्ढारी, सदभवानाका राजेन्द्र महतो, र मधेशी जनअधिकार फोरम गाणतान्त्रीकका राजकिशोर यादव सहभागी थिए । भेटमा उपस्थित नेताहरुले एक डेढ मिनेट कुरा राखेका थिए ।

मधेशी मोर्चाका नेताहरुले स्रविधान संसोधनको विषयमा धेरै पटक सरकारसँग वार्ता भए पनि कहिल्यै कुरा टुंगोमा नपुगेको भन्दै गुनासो व्यक्त गरेका छन् । भारतले संविधानलाई स्वागत नगरेकोले आफुलाई त्यसले सहयोग पुगि रहेको भन्दै उनीहरुले कुटनितिक हिसाबले नेपालका प्रमुख दलहरुसँग संविधान संसोधनका लागि भनिदिन आग्रह गरेको सदभावनाका अध्यक्ष अनिल झाले रातोपाटीलाई बताएका छन् ।