कुसुम बिक / बर्दिया
बर्दियाको राजापुर प्राथमिक स्वास्थ्य केन्द्रमा रहेकोे एक मात्र एम्वुलेन्स सेवा प्रभावित हुदा सेवा ग्राही मर्कामा परेका छन् । तिहारको अघिल्लो दिन नेपालगञ्ज बिरामि छोडेर राजापुर फर्कने क्रममा रातिको समयमा राजापुर अस्पताल नजिक एम्वुलेन्सका चालक फालुराम चौधरीले मोटरसाइकलमा सवार बर्दिया भौराका कलेसु थारु लाई एकापट्टी वाट ठक्कर दिएका थिए ।

ambulence-700x394मोटरसाइकललाई ठक्कर दिएपछि एम्वुलेन्स एक भाग क्षति ग्रस्त छ ,भने १ टायर काम नलाग्ने अवस्थामा छ । मोटरसाइकल चालक कलेसु थारुको १ खुट्टाको हडडी भाचिएको छ । उनको लखनउमा उपचार भैरहेको छ । इलाका प्रहरी कार्यलय राजापुरका अनुसार एम्वुलेन्स चालक फालुराम थारुले मदिरा सेवन गरेको अनुसन्धानका क्रममा भेटिएको जनाएको छ ।

एम्वुलेन्सको मर्मत पुःर्नसंचालन र घाइतेको उपचार खर्च वारे विमा कम्पनी सँगको परामर्स तथा स्वास्थ्य केन्द्र व्यवस्थापन समितिको बैठकले टुङ्गो लगाउने प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख डाक्टर रुपेश ओडले रेडियो साथीलाई बताउनु भयो । राजापुर प्राथमिक स्वास्थ्य केन्द्रलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मंत्रालयले २०७२ चैत्रमा एम्बुलेन्स उपलद्ध गराएको थियो