सुनसरी, १९ कार्तिक – धरानमा एक युवकको छुरा हानी हत्या गरिएको छ । ६ जनाको एक समूहले धरान-१३ का रोदन ताम्राकारलाई छुरा हानेर हत्या गरेको हो ।

hatyaघटनापछि उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा ताम्राकारको ज्यान गएको प्रहरीले जनाएको छ । घटनामा संलग्न पाँचजनालाई पक्राउ गरिएपनि एकजना फरार रहेकाले प्रहरीले पक्राउ परेकाको नाम सार्वजनिक गरेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।