तुलसीपुर १८ कात्तिक । जवर जस्ति करणी मुद्धामा फरार दाङका एक ब्यक्तिलाई प्रहरीले एक बर्ष पछि पक्राउ गरेको छ । दाङ सिसहनिया ७ झुल्केका धन बहादुर परियारलाई जिल्ला प्रहरी कार्यालय दाङको बिशेष टोलिले पक्राउ गरेको हो ।
गत बर्ष भदौ १८ गते देखी फरार रहेका उनलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कर्यालय दाङले जानकारी दिएको छ ।
पक्राउ परेका उनलाई आबश्यक कार्बाहीका लागि दाङ देउखुरी जिल्ला अदालत घोराही पठाईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी धिरज प्रताप सिंहले जानकारी दिए ।
