घोराही १८ कात्तिक । जिल्ला प्रहरी कार्यालय दाङले ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ ।
लेनदेन कसुरमा नगद २० लाख बिगो नतिरेको भन्दै घोराही १० की ३५ बर्षीय बिमला कुमारी बिकलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको बिशेष टोलीले पक्राउ गरेको हो ।
बिकलाई दाङ देउखुरी जिल्ला अदालतले गत असोज १३ गतेको आदेशले १ वर्ष कैद सजाय तोकेको थियो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी धिरज प्रताप सिंहका अनुसार बिकलाई मंगलबार पक्राउ गरि आवश्यक कार्वाहीको लागी दाङ देउखुरी जिल्ला अदालत पठाईएको छ ।
