तुलसीपुर १८ कात्तिक । घरेलु हतियार प्रयोग गरी बिजौरीका केही ब्यक्तिलाई घाईते बनाएको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । बुधबार राती ८ बजे तिर बिजौरी ८ का मिन बहादुर केसी लगायतलाई घरेलु हतियार प्रयोग गरी सक्त घाईते बनाएको भन्दै ईलाका प्रहरी कार्यालय तुलसीपुरको एक टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दाङ बिजौरी ९ स्यालापानीका ३२ बर्षीय दिल बहादुर रोका, सोही ठाउ निबासी २२ बर्षीय प्रेम बि.क. २३ बर्षीय कलिभान वली, २१ बर्षीय सुरज सुनारलाई पक्राउ गरिएको ईलाका प्रहरी कर्यालय तुलसीपुरका प्रमुख डिएसपी लोकनाथ तिमिलसीनाले बताए ।
पक्राउ परेका उनीहरुलाई ज्यान मार्ने उद्योग मुद्धा दर्ता गरी अनुसन्धान भईरहेको डिएसपी तिमिलसीनाले बताए ।
