pranab-mukharjee-at-pashupati-1

काठमाडौं, १८ कात्तिक । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीले आराध्यदेव पशुपतिनाथको आज विशेष पूजाअर्चना गर्नुभयो ।

त्यसक्रममा राष्ट्रपति मुखर्जीले पशुपतिनाथ मन्दिरको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुहुँदै मुखर्जीले पवित्र पशुपतिनाथ मन्दिरमा फेरि आउन पाउँदा खुसी लागेको उल्लेख गर्नुभएको छ ।

pranab-mukharjee-at-pashupati

विशेषपूजामा भागिदार बन्न पाउँदा आनन्द महशुस भएको बताउनुहुँदै मुखर्जीले दर्शनको व्यवस्था मिलाएकोमा मन्दिर व्यवस्थापनलाई धन्यवाद दिनुभएको छ ।

उहाँले नेपाल भारत मैत्री पशुपतिनाथमा धर्मशाला परियोजना स्थापना गर्न सहयोग गर्न पाउनु भारतका लागि खुसीको कुरा भएको पनि उल्लेख गर्नुभएको छ ।

परियोजनाको स्थापनाका लागि सहयोग गर्दै आफ्नो राजकीय भ्रमणका क्रममा यो घोषणा गर्न पाउनु खुसी लागेको बताउनुहुँदै मुखर्जीले मन्दिर क्षेत्र आसपास रहेका घाटहरुको पुनर्निर्माणमा सहयोग गर्ने घोषणा पनि गर्नुभएको छ ।

पशुपतिनाथको आगन्तुक पुस्तिकाः

pranab-mukhaji