maha-pujaतुलसीपुर १४ कात्तिक ।  नेवार सेवा समिति दाङले नेपाल सम्बत ११३७ तथा मह पुजाको अवसरमा विभिन्न कार्यक्रम गर्ने भएको छ । कार्तिक १५ गते गोवर्धन पुजाको दिन नेवारी नयाँ वर्ष अर्थात नेपाल सम्बत ११३७ को अवसरमा घोराहीको भिमसेन मन्दिरमा शुभकामना आदान प्रदान, रक्तदान तथा सम्मान कार्यक्रम गर्ने नेवार सेवा समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठले जानकारी दिनु भयो ।

अध्यक्ष श्रेष्ठले नेपाल सम्बतको अवसरमा हरेक वर्ष जस्तै यस वर्ष पनि रक्तदान कार्यक्रम राखिएकोले ईच्छुक रक्तदाता तथा समस्त नेवार समुदायलाई कार्यक्रममा उपस्थितीको लागि अपिल गर्नु भएको छ ।

साथै त्यसै दिन परेको मह पुजाको सगुन वितरण कार्यक्रम का साथै संस्थाको विकासका लागि सहयोग पु¥याउने व्यक्तित्वहरुलाई सम्मान समेत गर्ने कार्यक्रम रहेको समितिका सचिव रोशनमान श्रेष्ठले जानकारी दिनु भएको छ ।