volley-ball

संजय कुशवाहा / नवलपरासी १४ कात्तिक ।नवलपरासीको गुठी सुर्यपुरामा तिहार र छठ पर्वको उपलक्ष्यमा जिल्ला स्तरिय भलिबल प्रतियोगीता आजबाट शुरु भएको छ । शिरथान युवा क्लब सुर्यपुरा नवलपरासीको आयोजनामा आयोजीत प्रतियोगीतामा जिल्ला भरीका करिब २० वटा टिम सहभागी भएका छन प्रतियोगीताको उदघान क्षेत्र।न। ६ का नेपाली काग्रेसका सभासद देवकरण प्रसाद कलवारले गर्नुभएको छ ।

खेलको उद्घाटन क्रममा सभासद कलवारले यस क्षेत्रको विकास निमार्णका लागी आफु सदैव अगाडी रहन बिचार राख्नुभयो । साथै कलवारले सुस्ताको बिकास , हुलाकी जाने बाटो को विकास , नेपाल भारत सिमा क्षेत्र जोडिऐका सडक को स्तर उन्नत सहित आफु सदैब यस क्षेत्रका आर्थिक , सामाजीक , शैक्षिक बिकासका लागी गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।

आयोजकले दिएको जानकारी अनुसार यस भलिबल प्रतियोगीतामा बिजयी टिमलाई २० हजार नगद सहित प्रमाणपत्र र ट्रफी प्रदान गरिने छ भने उपबिजेतालाई १५ हजार नगद सहित प्रमाणपत्र र ट्रफी प्रदान गरिने छ।