इन्द्रेणी संवाददाता
दाङ,३० बैशाख ।
आज देखि नयाँ ट्राफिक नियम लागु भएको छ । ट्राफिक नियम लागु भएको झण्डै २३ बर्षपछि आज देखि सरकारले नयाँ टाफिक नियम लागु गरेको हो । ट्राफिक नियम उल्लघन गरेर सवारी साधन चलाउने चालकलाई गर्ने जरिवानामा २० प्रतिशत बढाईएको छ ।trafic

दाङका ट्राफिक प्रहरी प्रमुख अरुणकुमार सिहले यातायात व्यवस्था नियम अनुसार यसभन्दा पहिले न्यूनतम २५ रुपैयादेखि एक हजारसम्म जरिवाना गर्ने गरेको भन्दै आजदेखि न्यूनतम पाँच सयदेखि १५ सयसम्म जरिवाना गर्ने नियम बनाएको बताउनुभयो ।

ट्राफिक प्रहरीले अव तोकिएको भन्दा बढी मालसामान राखेमा, हेल्मेट नलगाएर स्कुटी वा मोटरसाइकल चलाएमा पाँच सय जरिवाना गर्ने भएको प्रमुख सिहले बताउनुभयो । अन्य सवारी साधनलाई सवारीलाई खतरा हुने किसिमले सवारी राखेमा, छतमा यात्रु बोकेमा समेत टाफिक प्रहरीले पाँच सय जरिवाना गर्ने भएको छ ।

त्यस्तै सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाएमा, सार्वजानिक स्थानमा बाधा पुग्ने गरी मालसामान वा सवारी राखेमा, दुर्घटनामा परेको सवारी तथा यात्रीको हानी नोक्सानी पु¥याएमा, मादक पदार्थ सेवन गरी सवारी चलाएमा, सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाएमा एक हजार रुपैया जरिवाना टाफिक प्रहरीले काट्ने भएको छ ।

त्यस्तै ट्राफिक संकेत वा ईसारा उल्लंघन गरी सवारी चलाएमा, सवारी अड्याउन निषेध गरिएको ठाउँमा सवारी साधन पार्किक गरेमा एक हजार पाँच सय रुपैया जरिवाना लाग्ने भएको सिहले बताउनुभएको छ । यसैविच जिल्ला टाफिक प्रहरी प्रमुख अरुणकुमार सिहले आफु मातहतका सम्पुर्ण युनिटहरुको विहिवार घोराहीम भेला गरेर नयाँ जरिवनाका बारेमा जानकारी दिनुभएको छ ।

यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ मा रहेको जरिवानाको व्यवस्थालाई संशोधन गर्दै ट्राफिक प्रहरीले आज देखि लागु हुने गरी जरिवानामा २० प्रतिशतसम्म बढाएको जिल्ला टाफिक प्रहरी कार्यालयले बताएको छ ।।