दीपबहादुर घर्ती
जाजरकोट, १ जेठ ।
जाजरकोटका विभिन्न स्थानमा सिलाई पेशामा रहेकाहरुको व्यवसायीक क्षमता विकासका लागी दुई महिने सिलाई कटाई तालिम दिइएको छ । तेश्रो चरणमा रहेको पश्चिम उच्च पहाडी गरिवी निवारण आयोजनाले व्यवसायिक क्षमता विकास तालिम दिएको हो ।jj

जिल्लाका १५ वटा गाविसका विभिन्न स्थानमा सिलाई पेशामा रहेका ४८ जना जनालाई एडभान्स लेभलको दुई महिने सिलाई कटाई तालिम दिएको पश्चिम उच्च पहाडी गरिवी निवारण आयोजना जिल्ला समन्वय इकाईले जनाएको छ ।

निर्वाहमुखी सिलाई पेशामा रहेका ग्रामिण भेगका गरिव समुदायलाई व्यवसायीक वनाएर लक्षित वर्गको जिवन स्तर वृद्धी गर्न उक्त तालिम दिएको आयोजनाका सह–जिल्ला समन्वयकर्ता लोकेन्द्रबहादुर रावलले वतउनुभयो ।

गाउँका विपन्न वर्ग समुदायको जीवन स्तर वृद्धी गर्नका लागी व्यवसायिक वन्नुपर्नेमा रावलले जोड दिदै–“आयोजनाले सिलाई कटाईको तालिम मात्र दिएर प्रमाण–पत्र हातमा थमाएको नभई व्यवसायिक पेशा सञ्चालनको लागी आवश्यक पर्ने ईन्टरलग, सिलाई मेसिन, कैची, फिता लगाएतका सामाग्रीहरु प्रत्येक व्यक्तिलाई वितरण गरेको” जानकारी दिनुभयो ।

दुई महिनासम्म उक्त तालिममा सहभागी भएका ४८ जना महिला तथा पुरुषहरु आयोजनाको कार्य क्षेत्र रहेका भगवति, रग्दा, खगेनकोट, डाडाँगाउँ, लहँ, सक्ला, नायकवाडा, रोकायगाउँ, रामीडाँडा, गर्खाकोट, कोर्ताङ्ग, दहँ, मजकोट, साल्मा र थालारैकर गाविसहरुवाट रहेको जनाईएको छ ।।