दाङ, जेठ १ । राप्ती अंचलको सर्वाधिक लोकप्रिय गायन प्रतियोगिता हिरो अफ भ्वाइस ४ को शनिबार घोराहीमा भव्य समारोहबीच शुभारम्भ गरिएको छ । नेपाल पत्रकार महासंघको झकिझकाउ सभाकक्षमा प्रमुख अतिथी दाङ निर्माण व्यवसायी संघका अध्यक्ष बलिभद्र रानाले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । कार्यक्रम निकै भव्य एवं संगीतमय बनेको थियो । गायन विधाका नवप्रतिभाहरुले हल खचाखच भरिएको थियो । आजदेखि शुभारम्भ भएको यो कार्यक्रम झण्डै डेढ महिनासम्म चल्नेछ ।

13231282_1144265258957196_1750320187_nउत्सर्ग डान्सिङ स्टार २०७२ की विजेता तथा हिरो अफ भ्वाइस ४ की एम्बेस्डर समीक्षा पौडेलको अध्यक्षतामा भएको शुभारम्भ समारोहमा प्रमुख अतिथी रानाले नवप्रतिभाहरुको प्रोत्साहन र विकासका लागि यो कार्यक्रम बरदान सावित भएको चर्चा गर्दै यस्ता रचनात्मक अभियानहरुलाई सबै राप्तीवासीले सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नु भयो । कार्यक्रमका विशिष्ट अतिथी एवं दाङ जिल्ला उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष खड्गबहादुर बुढाथोकी, नेपाल पत्रकार महासंघ, दाङका अध्यक्ष सुदीप गौतम, अग्रज साहित्यकार सूर्यनाथ सापकोटा, रापती समाज काठमाण्डौका अध्यक्ष शशि शर्मा मजगैयाँ र निर्माणाधीन चलचित्र लावाजुनीका कार्यकारी निर्माता गेहेन्द्र बस्नेतले हिरो अफ भ्वाइस नवप्रतिभाहरुको लागि निकै महत्वपूर्ण मंच भएको बताउँदै यस अभियानलाई आफूहरुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

उत्सर्ग फिल्मस् नेपालका प्रबन्ध निर्देशक एवं कार्यक्र संयोजक केएल पीडितले गीतसंगीतको विकास एवं प्रवद्र्धनमा टेवा पु¥याउने, गायन विधाका नवप्रतिभाहरुको खोजी एवं पहिचान गरी उनीहरुको प्रतिभा विकासमा सहयोग पु¥याउने, राप्ती क्षेत्रमा सांगीतिक वातावरण निर्माण गर्ने तथा नवयुवाहरुलाई गीतसंगीतको माध्यमबाट सिर्जनात्मक कार्यमा उत्प्रेरित गर्ने उद्देश्यले विगत चार वर्षदेखि गायन प्रतियोगिता हिरो अफ भ्वाइस शुरु गरेको बताउनु भयो । कार्यक्रममा संचारकर्मी उदय जीएमलाई रु. ५ हजार नगदसहित उत्सर्ग संग पुरस्कार २०७३ प्रदान गरिएको थियो भने मोडेल सरु गुरुङ, नृत्य प्रशिक्षक बसन्त चौधरी, लोकगायक रोहन वली, केशव डाँगी र नृत्य कलाकार याना रोकामगरलाई सम्मान गरिएको थियो ।

प्रतियोगिताको शुभारम्भ संगसंगै घोराही क्षेत्रको अडिसन पनि लिइएको थियो । अडिसनमा ९० जना प्रतियोगीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । ती मध्ये किरण विक, हिरामणि रोका, नगिना श्रेष्ठ, अंजली पौडेल, विजय परियार, शारदा अधिकारी, वीरमान नेपाली, जानकी बस्नेत, नितेश खनाल, विराज बस्नेत, उर्मिला कुसुण्डा, विमला ठेडी मगर, रोहन कर्ण, निरुता बुढामगर, शिबु सुनार, विजय पोख्रेल, वर्षा खत्री, निरज घर्ती, संझना जी.एम, महेश चौधरी, सुष्मिता बुढा र विनिता पुरी दोस्रो चरणको प्रतिष्पर्धाका लागि चयन भएका छन् । घोराही अडिसनको निर्णायकमा लोकगायक प्रेम शाह र गीतकार एवं संचारकर्मी आदिम के.सी. रहनु भएको थियो ।  दोस्रो चरणको प्रतिष्पर्धा आगामी जेठ २२ गते घोराहीमा हुने भएको छ ।
हिरो अफ भ्वाइसको लमही अडिसन जेठ ७ गते र तुलसीपुर अडिसन जेठ १४ गते हुने भएको छ । यस प्रतियोगिताको विजेतालाई रु. ५० हजारको पुरस्कार राखिएको छ भने उत्कृष्ट ३ जनालाई गीत रेकर्डिङको अवसर प्रदान गरिने भएको छ ।