दाङ,१ जेष्ठ ।
दाङको सौडियार ५ राजपुरमा सञ्चालित कटाई सिलाई तालिमको एक कार्यक्रमका बिच समापन गरिएको छ । सौडियार गा.वि.स.को सहयोग तथा नेपाल आदिवासी जनजाती महासंघ समन्वय परिषद सौडियारले आयोजना गरेको तीन महिने एड्भान्स कटाई सिलाई तालिमको समापन गरिएको हो ।
बिपन्न परिवारको सिप बिकास गरी आयआर्जनका क्रियाकलापमा सहयोग पू¥याउने उदेश्यले लक्षित बर्ग अन्तरगतको बजेटबाट तालिम चलाईएको थियो । समन्वय परिषदका अध्यक्ष टेकमान बुढाको अध्यक्षता तथा सौडियार गा.वि.स.का सचिव टेकबहादुर खड्काको प्रमुख आतिथ्यमा भएको तालिम समापन समारोहमा बोल्ने बक्ताहरुले सिकेको कुरा व्यवहारमा उतार्न सकेमा मात्र तालिमको सार्थकता हुने बताएका छन ।
सो अवसरमा नेपाली कांग्रेसका सभापती कर्णबहादुर बुढाथोकी,नेकपा एमालेका उपाध्यक्ष ढुकीराम चौधरी,राष्ट्रिय जनमोर्चाका निमानन्द गैरे,सौडियार गा.वि.स.का खरिदार हरिकुमार घिमिरे, समन्वय परिषदका कोषाध्यक्ष कुमारी चौधरी,सदस्य धनबहादुर पुन,शान्ता चौधरी, प्रशिक्षण बिमली चौधरी, सौल्गायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
तीन महिना सम्म चलेको तालिममा २५ जना बिपन्न महिलाहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण सदस्य हरिप्रसाद चौधरीले गर्नुभएको थियो ।।