मकवानपुर, १० कार्तिक । मकवानपुर हेटौंडाको कान्तीराजपथ स्थित नापी कार्यालय रहेको घरमा आगलागी भएको छ । नापी कार्यालय रहेको घरको तल्लो तल्लामा ग्यास सिलिण्डर पसलबाट ग्यास लिक भएर आगलागी भएको हो ।
आगलागीबाट घाइते हु्नेको संख्या ४० पुग्यो छ ।
घाइतेको हेटौंडा र चुरे हिल अस्पतालमा उपचार भइरहेको छ । आगलागीका कारण नापी कार्यालय बसेको दोस्रो तला, भुँईतलाको हार्डवयर पसल, होटल र ट्रयाक्टर शोरुममा क्षति भएको प्रहरीले जनाएको छ । आगलागी सम्पूर्ण विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।











