त्रिपुर नगरपालिकाले भोली कात्तिक ११ गते बोलाएको विशेष नगर परिषद् नेपाली कांग्रेस त्रिपुर नगर समितिले बहिष्कार गर्ने भएको छ । नगरबासीहरुको भावनाविपरित नगरपालिकाले काम गरिरहेको भन्दै हिजो नगरपालिकालाई ६ बुदे ज्ञापनपत्र बुझाएको नगर समितिले भोली नगरपालिकाले बोलाएको नगर परिषद्मा सहभागी नहुने आजको बैठकले निर्णय गरेको छ ।
नियमीत नगर परिषद्को समय नजिकै गर्दा एक्कासी कांग्रेस सँगको छलफल नगरी कुनै जानकारी विना नै नगर परिषद् हुन लागेकाले परिषद्मा सहभागी नहुने आजको बैठकले निर्णय गरेको कांग्रेस त्रिपुर ईकाई सभापति दिपक पाण्डेले जानकारी दिनुभयो ।
त्रिपुर विकासका लागी त्रिपुर क्षेत्र भित्रका सामाजीक राजनैतीक र वौद्धिक वर्गसंग अन्तरक्रीया नगरेको, वोर्डवाट निर्णय भइ योजना सम्पन्न हुदा सम्म पनी जनतालाइ द्ख दिने गरी रकम निकासा नदीने गरेको, सर्वोच्च अदालतको आदेश आइसकेको अवस्थामा पनी नगरपालीकावाट फिल्डवुकमा रहेको जमीनलाइ दर्ताका लागी वेवास्ता गरेको, त्रिपुरको विकासलाइ मैत्रीपुर्ण गराउन पहल नगरेको, वडा नागरीक मञ्चलाइ वेवास्ता गरेको, राजनैतीक दलहरुलाइ एकतामा राख्न कहील्यै पहल नगरेको लगायतका माग राख्दै नगर समितिले हिजो नगरपालिकाका कार्यकारी अधिकृतलाई ज्ञापनपत्र बुझाएको थियो ।
सो आफूहरुको माग कार्यान्वयन नगरी एक्कासी नगर परिषद् बोलाएकाले सहभागी नहुने नगर समितिले बताएको छ । बैठक कांग्रेस त्रिपुर नगर सभापति दिपक पाण्डेको अध्यक्षतामा बसेको थियो ।
