एजेन्सी, १० कार्तिक । अफगानिस्तानमा बिद्रोही संगठन इस्लामिक स्टेटका लडाकुले ३० जना नागरिकको अपहरणपछि हत्या गरेका छन् । आइएसका लडाकुले अफगानिस्तानको घोर प्रान्तबाट अपहरण गरेका ३० नागरिकको हत्या गरेको सरकारी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । जंगलमा दाउरा संकलन गर्न गएका बेला आइएसका लडाकुले सर्वसाधारण नागरिकलाई अपहरण गरेका हुन् ।

_84582845_000222735-1अपहरणकारीको चङ्गुलबाट भाग्ने प्रयास गरेका बेला आइएसका लडाकुले उनीहरुको गोली हानेर हत्या गरेका हुन् । ज्यान जानेमा बालबालिका पनि छन् ।

आइएसका एक लडाकुको पनि ज्यान गएको घोरका गभर्नरले बताए । अफगानिस्तानका केही क्षेत्रमा आइएसले आफ्ना गतिविधि सञ्चालन गर्दै आएको छ ।