एजेन्सी, १० कार्तिक । पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित क्वेटा शहरमा रहेको प्रहरी तालिम केन्द्रमा आतंककारीहरुले गरेको बम आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु भएको छ ।
तालिम केन्द्रमा भएको आक्रमणमा थुप्रै व्यक्ति घाइते भएको र मृतकको संख्या बढ्न सक्ने आशंका रहेको अधिकारीहरुले जनाएका छन् । मृत्यु हुनेको संख्या अझै बढ्नसक्ने आशंका गरीएको छ । आतंककारीहरुले बम विष्फोटपछि गोलाबारी सुरु गरेका थिए । मारिनेमा अधिकांश तालिममा सहभागी सुरक्षाकर्मी रहेका छन् ।
आतंककारी र सुरक्षाकर्मीबीच करिब ४ घण्टा भिडन्त भएको त्यहाका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । झडपको क्रममा ३ जना आक्रमणकारी पनि मारिएका छन् । तालिम केन्द्रमा झण्डै २ सय ५० जना जवान तथा कर्मचारी रहेका थिए ।
आक्रमणमा घाइते भएकालाई सिविल अस्पतालमा भर्ना गरिएको रक्वेटा शहरको अस्पतालमा आपतकाल घोषणा गरिएको बताइएको छ ।











