नवलपरासी, १० कार्तिक । झण्डै २३ वर्षअघि जबर्जस्ती करणी गरेको अभियोग लागी फरार रहेका दुई दोषीलाई प्रहरीले पक्राउ गरेको छ ।

balatkar-5विसं २०५० मा जबर्जस्ती करणी अभियोग लागेका अभियुक्त नवलपरासी कावासोती–३ बस्ने ४५ वर्षीय प्रेम भण्डारी र जनार्दन भण्डारीलाई मगरवार मात्रै पक्राउ गरी अदालतमा बुझाइएको हो ।

दोषीलाई जिल्ला अदालतले यस अगावै पाँच वर्ष कैद सजायको फैसला गरेको थियो । ती लुकीछिपी बस्दै आएकामा प्रहरीले सुराकीका आधारमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।