काठमाडौं, १० कार्तिक यस वर्षको तिहार भित्रदैछ । अबको दुई दिनपछि तिहार सबैको घरघरमा भित्रदैछ । तिहारको अन्तिम दिन भाइटिकाको उत्तम साइत बिहान ११ बजेर ५२ मिनेटमा जुरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
यसवर्षको भाइटीकाको उत्तम साइत यही कात्तिक १६ गते मंगलबार मध्याह्न ११ बजेर ५२ मिनेट रहेको समितिले जनाएको छ ।
यस वर्ष टीका लगाउन नहुने समय नभएकाले कात्तिक शुक्ल द्वितीयाका दिन दिनभरि टीका लगाउन सकिन्छ, साइत खोज्नेका लागि भने ११ः५२ बजेको समय उत्तम छ छ ।
यस वर्ष कात्तिक १२ गते शुक्रबार कागतिहार, १३ गते शनिबार कुकुरतिहार, १४ गते आइतबार लक्ष्मीपूजा, १५ गते सोमबार गोवद्र्धन पूजा, गाई पूजा र ह्मपूजा र कात्तिक १६ गते भाइटीका परेको छ।
