pardes-7-1024x602सल्यान १० कात्तिक ।   स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति सल्यानले दश वटा संरचनाको खाका सङ्ख्या तथा सीमा निर्धारण आयोगमा सिफारिस गरेको छ ।

स्थानीय विकास अधिकारी तथा प्राविधिक सहयोग समितिका संयोजक रामचन्द्र पौडेलकोको अध्यक्षतामा बसेको सर्बदलिय बैठकले सल्यान जिल्लामा १० ओटा स्थानिय तहको संरचना पठाउने निर्णय गरिएको हो । स्थानिय तह पुर्नसंरचना प्रबिधिक सहयोग समिति सल्यानले बनगाडकुपिण्डे नयाँ नगरपालिका थप गरी ३ नगरपालिका सहति ७ गाउँपालीका सिफारिस गरेको छ ।

स्थानिय तह पुर्नसंरचना प्रबिधिक सहयोग समिति सल्यानले आज देखि जिल्लामा रहेका गाउँपालीका तथा नगरपालीकाहरुमा वडा बिभाजन तथा जनमत संकलन अभियान सुरु गर्ने भएको छ ।